$type=one$count=3$title=out-of-thumb$show=home$au=0$cat=hide$cm=0$d=none

अब ‘एक शैक्षिक संस्था एक उद्यम’

शरद शर्मा  काठमाडौँ ,- राष्ट्रिय युवा परिषद्ले ‘एक शैक्षिक संस्था एक उद्यम’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  चालु आवदेखि विद्यार...

शरद शर्मा 

काठमाडौँ ,- राष्ट्रिय युवा परिषद्ले ‘एक शैक्षिक संस्था एक उद्यम’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

चालु आवदेखि विद्यार्थीलाई उद्यमतिर आकर्षित गर्न ‘एक शैक्षिक संस्था एक उद्यम’ कार्यक्रम सञ्चालन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो । परिषद्ले विद्यालय र क्याम्पस तहका शैक्षिक संस्थामा अभियान सञ्चालन गर्ने योजना बनाएको छ । ढुंगेलका अनुसार कार्यक्रम लागु भएपछि विद्यार्थीले प्रत्यक्ष रुपमा विद्यालयमा सञ्चालन भएको उद्यममा सहभागिता जनाउने छन् । 

‘‘विद्यार्थीलाई विद्यालय तहदेखि नै रोजगारतर्फ आकर्षित गराउनका लागि अभियान सञ्चालन गर्ने तयारीमा छौँ’’, उहाँले भन्नुभयो, ‘‘अभियानबाट विद्यार्थी विद्यालयबाट निस्कँदा आफँै केही गर्न सक्छन् ।’’ 

परिषद्ले कृषितर्फ मत्स्यपालन, कुखुरापालन, गाईपालन र तरकारी खेती तथा प्राविधिक तर्फका उद्यम सञ्चालन गर्न सहयोग गर्नेछ । विद्यालयका शिक्षकको समूहले के उद्यम सञ्चालन गर्ने भन्ने छनोट गर्ने र त्यसबारे परिषद्लाई जानकारी गराइएपछि परिषद्बाट सहयोग गरिने छ । 

आफूले पढेका कुरालाई व्यावहारिक रुपमा विद्यार्थीहरु उक्त अभियानमार्फत सञ्चालन हुने उद्यममा काम गर्ने छन् । यसले गर्दा विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानसमेत प्राप्त हुनेछ । 

विद्यालयमा विद्यार्थीको एक क्लब गठन गरेर उद्यममा सहभागिता गराइने छ । उक्त क्लबको इञ्चार्जको जिम्मेवारीमा उद्यमको रेखदेख गरिने छ । विद्यार्थीले विद्यालय समयमा निःशुल्क रुपमा उक्त उद्यममा काम गर्नेछन् । 

उद्यमबाट प्राप्त आम्दानी विद्यार्थीको क्षमता वृद्धि विकासमा प्रयोग कार्यकारी उपाध्यक्ष ढुंगेलले बताउनुभयो । उहाँले विद्यालय वा प्रत्येक विद्यार्थीबाट केही रकम उठाइने र बाँकी रकम परिषद्ले सहयोग गरेर उद्यम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । 

‘‘विद्यालयमा एउटा कोष खडा गरेर उद्यम सञ्चालन गर्ने योजनामा हामी छौँ’’, उहाँले भन्नुभयो, ‘‘हामी अहिले कसरी कोष खडा गर्न सकिन्छ भन्ने तयारीमा रहेका छौँ ।’’ पहिलो पटक काठमाडौँस्थित पिनाकल विद्यालयले नमुनाका लागि उद्यम सञ्चालन गर्ने प्रतिबद्धता परिषद्सँग व्यक्त गरिसकेको छ । 

परिषद्का प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले चाँडै सबै सामुदायिक विद्यालयलाई उद्यम सञ्चालनबारे जानकारी दिइने बताउनुभयो । परिषद्ले उद्यम गर्न सक्ने विद्यालय छनोट गरेर सञ्चालनमा सहयोग गर्ने छ । ‘‘हामीले उद्यम सञ्चालन गर्न सक्ने विद्यालयको छनोट गर्नेछौँ’’ उहाँले भन्नुभयो, ‘‘छनोट गरिसकेपछि आवश्यक सहयोग दिन्छौँ ।’’

COMMENTS

Name

EDUCATION,1,NEWS,1,
ltr
item
Ratopaila: अब ‘एक शैक्षिक संस्था एक उद्यम’
अब ‘एक शैक्षिक संस्था एक उद्यम’
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi2eZqCyaU0oFIcd7-_mXDWk0iy-H_MbsQGgDf01WivS0T45wZQDPrOMoHD63vNjk1ocD3tZgsbqaxSDIpW8v_ZKAM0sFYDsSOzKiwXQLjXVS3gMKS4Yt7Za1ktBVydsLiLWzb0s1xOfgEA/s320/asas.PNG
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi2eZqCyaU0oFIcd7-_mXDWk0iy-H_MbsQGgDf01WivS0T45wZQDPrOMoHD63vNjk1ocD3tZgsbqaxSDIpW8v_ZKAM0sFYDsSOzKiwXQLjXVS3gMKS4Yt7Za1ktBVydsLiLWzb0s1xOfgEA/s72-c/asas.PNG
Ratopaila
https://ratopaaila.blogspot.com/2017/07/blog-post.html
https://ratopaaila.blogspot.com/
http://ratopaaila.blogspot.com/
http://ratopaaila.blogspot.com/2017/07/blog-post.html
true
2152586827995217715
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy